Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा असोज १ गतेदेखि भौतिक रुपमै विद्यालय संचालनको तयारी

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १७ : २८ मा प्रकाशित

काठमाडौंमा असोज १ गतेदेखि भौतिक रुपमै विद्यालय संचालनको तयारी

असोज १ गतेदेखि काठमाडौं जिल्लामा विद्यालय खुलाउने तयारी भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।

भदौ मसान्तसम्ममा स्थानीय तहका शिक्षा शाखाले कोभिड १९ संक्रमणको अवस्था, शिक्षक तथा कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ भने सोहि आधारमा बिद्यालय खुलाउने नखुलाउने बारे निर्णय हुने छ  ।

सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ । यसअघी संकट व्यवस्थापन केन्द्र कोभिड १९ संकट व्यबस्थापन सञ्चालन केन्द्रले जिल्ला संकट व्यवस्थापन केन्द्रसंग समन्यय गरी सम्बन्धीत स्थानिय तहले बिद्यालय खुलाउने बारे निर्णय गर्नसक्ने गरी निर्णय गरेको थियो । सीसीएमसीको उक्त निर्णयका आधारमा कतिपय जिल्लाहरुका बिद्यालयमा भौतिकरुपमा नै कक्षा संचालन भइसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको