Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा मात्रै १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

पत्रपत्रिका

बुधबार, २८ पुस २०७८, ०७ : २७ मा प्रकाशित

उपत्यकामा मात्रै १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर परीक्षण विधि र र एन्टिजेन परीक्षण विधिबाट देशभरमामा दुई हजार ४४४ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५२.६१ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा भक्तपुरमा ८५, ललितपुरमा २२१ काठमाडौंमा ९८० जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार ९८० जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ५९ हजार ४४२ जनामा कोरोना पृष्टि भएको छ। जसमा दुई लाख ५३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय ४२ पुगेको छ। सक्रिय संक्रमित तीन हजार ५२१ रहेका छन्।

भक्तपुरमा अहिलेसम्म ३० हजार ७१० जनामा कोरोना पुष्टि भएको छ। जसमा २९ हजार ५७३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ६९९ जना रहेका छन्।

ललितपुरमा अहिलेसम्म ५२ हजार १०५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५० हजार ३०६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने एक हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको