Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा ४८ वटा पार्क बन्दै

अर्थ संसार

विहीबार, २९ पुस २०७८, ०७ : ४८ मा प्रकाशित

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।

प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा ११ करोड ९६ लाख रुपियाँ, ललितपुरमा छ करोड तीन लाख रुपियाँ र भक्तपुरमा पाँच करोड ७० लाख रुपियाँ विनियोजन गरेको जानकारी दिइन् ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको