Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थीको लागि कारखानाको पाँच थरी सिकाई सामग्री

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, ०७ : ०४ मा प्रकाशित

विद्यार्थीको लागि कारखानाको पाँच थरी सिकाई सामग्री

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागिकाम गरिरहेको संस्था कारखानाले दसैंको अवसर पारेर कक्षा १ देखि १० सम्‍मका विद्यार्थीलाई लक्षित गरेर पाँच प्रकारको नयाँ सिकाई सामग्रीहरु सार्वजनिक गरेको छ ।

'इन्नोभेटिभ शिक्षाको आशिर्वाद, कारखाना र इसेवाको साथ' भन्‍नेनारासहित कारखानाले  सिकाई सामग्री सार्वजनिक गरेको हो ।सिकाई सामग्रीमा कारखाना स्टिम बुक प्रोग्राम (कक्षा १ देखि ५

सम्म), कारखाना स्टोरि‍ज एण्ड इन्जिनियरिङ प्रोग्राम (कक्षा १ देखि ५ सम्म), कारखाना इन्जिनियरिङ प्रोग्राम ( कक्षा १ देखि १० सम्‍म), कारखानासाइन्स प्रोग्राम ( कक्षा ६ देखि ८ सम्‍म) तथा कारखाना इलेक्ट्रोनिक्सएण्ड रोबोटिक्स प्रोग्राम (कक्षा ३ देखि ५ सम्‍म) छन् ।

नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । ८ वर्षकोअनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ । कारखाना साइन्सकिटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीलेव्यवहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाई किताबबाट बाहिर निकालेरअनुभव गर्न सक्ने कारखानाले जनाएको छ ।

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा असर पारेकालेकारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमापार्नबाट रोक्ने कारखानाको भनाई छ । यसले शिक्षक र विद्यार्थी दुबैलाईफाइदा पुग्ने र विद्यार्थीले घर घरमा आफैले अनुभव गर्न पाउने कारखानाले जनाएको छ ।

बच्चाहरुको सिकाईलाइ व्यवहारिक बनाउनुपर्ने र आविष्कारको शिक्षादिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स लगायतको काम गरिरहेको कारखानाकाप्रमुख कार्यकारी अधिकृत (सिइओ) पवित्रबहादुर गौतमले बताए । कारखानालेप्रविधियुक्त शिक्षाको चक्र नै बनाएको दाबी उनको छ । साइन्स किटले २१ औँशताब्दी अनुकुल शिक्षामा जोड दिएको दाबी गरिएको छ ।

उनले भने, ' अब दसैं आउँदैछ । बालबालिकालाई शिक्षाको आशिर्वाद दिनअभिभावकलाई कारखानाले अवसर दिएको छ। यसलाई आफ्नो बालबालिकासँगबाँडौं र शिक्षालाई सजिलो बनाऔं ।कारखाना शिक्षा सम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था हो ।

यसले सिकाइकानयाँ पद्दतिहरु, पाठ्यक्रमदेखि लिएर कक्षाकोठामा सिकाईका योजनामाअनुसन्धानको काम गर्दछ । यो शिक्षकहरुको समूह पनि हो । जसले कसरीव्यवहारिक र प्राविधिक शिक्षा दिने भन्ने विषयमा पनि काम गर्दै आएको छ ।

यस्तै कारखानाले व्यवहारिक र प्राविधिक शिक्षाको लागि चाहिने विभिन्नसामग्रीको उत्पादन पनि गर्दै आएको छ ।व्यवहारिक र प्रविधिमैत्री शिक्षाको लागि २०७३ सालदेखि काम थालेकोकारखानाले तयार पारेको सिकाई सामग्री नेपालबाहेक अन्य ५ वटा देशमा पनि प्रयोग भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको