Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोका कारण युनाइटेड मोदीको तल्लो मोदीखोला १ को उत्पादन बन्द, ६ करोडसम्म क्षतिको अनुमान

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, ०७ : ५४ मा प्रकाशित

पहिरोका कारण युनाइटेड मोदीको तल्लो मोदीखोला १ को उत्पादन बन्द, ६ करोडसम्म क्षतिको अनुमान

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाको उत्पादन भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिरोका कारण बन्द भएको छ । 

आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पुगेको कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ । पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ । पहिराले आयोजनामा ४ देखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले आयोजना मर्मतका लागि प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको