युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले बाेनस सेयर ववितरण गर्न विद्युत नियमन आयाेगबाट अनुमति पाएकाे छ ।
कम्पनीकाे पाैष २९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयाेगबाट स्विकृत भएकाे हाे ।
अब उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस