युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज फागुन २६ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले कम्पनीका लगानीकर्ताहरूको हात खाली हुने भएको छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस