युनिलिभर नेपालले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।
कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश सेयरधनीहरुलाई वितरण गरिसक्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस