Like us!
Follow us!
Connect us!
Watch us!

१० रुपैयाँ मूल्यको नबिल ब्यालेन्स फण्ड ३ मा आजबाट आवेदन दिन सकिने, कति दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, ०७ : ४२ मा प्रकाशित

१० रुपैयाँ मूल्यको नबिल ब्यालेन्स फण्ड ३ मा आजबाट आवेदन दिन सकिने, कति दिने आवेदन ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने नबिल ब्यालेन्स फण्ड ३ मा आज भदौ २५ गते, शुक्रबारबाट आवेदन दिन सकिने भएको छ ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?

यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक कराेड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

भदाै २५ गते, शुक्रबारबाट निष्कासन गरिने याे फण्डमा लगानीकर्ताले छिटाेमा भदौ २९ गते र ढिलोमा असाेज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको