Like us!
Follow us!
Connect us!
Watch us!

असोज दोस्रो सातादेखि दोर्दीबाट हिमालयन पावर पार्टनरको २७ मेगावाट बिजुली उत्पादन

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, ०७ : ५७ मा प्रकाशित

असोज दोस्रो सातादेखि दोर्दीबाट हिमालयन पावर पार्टनरको २७ मेगावाट बिजुली उत्पादन

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो सातादेखि बिजुली उत्पादन थाल्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ ।

‘आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ, अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ,’ आयोजनाका साइट इञ्चार्ज दीपक ज्ञवालीले भने, ‘असोज दोस्रो हप्तासम्ममा बिजुली उत्पादन परीक्षण गरिनेछ ।’ गत असारमै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो ।

ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत् गृह, सुरुङ मार्ग, ३ हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ । बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको