Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनर घाटामा, बिद्युत बिक्रि आम्दानी १.३४ करोड

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, ०७ : २० मा प्रकाशित

हिमालयन पावर पार्टनर घाटामा, बिद्युत बिक्रि आम्दानी १.३४ करोड

हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ९० लाख ११ हजार रूपैयाँ नोक्सानीमा रहेको छ । 

समिक्षा अवधिसम्म कम्पनीको बिद्युत बिक्रि आम्दानी १ करोड ३४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले व्यबसायीक बिद्युत उत्पादन सुरु गरेको थिएन । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १ करोड ९० लाख ११ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी १.७८ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ २२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको