Like us!
Follow us!
Connect us!
Watch us!

सनी सेक्युरिटिजबाट हिमालयन पावर पार्टनरको सेयरमा खेलियो यस्तो फोहोरी खेल

अर्थ संसार

शनिबार, ०६ साउन २०८०, २० : ३२ मा प्रकाशित

सनी सेक्युरिटिजबाट हिमालयन पावर पार्टनरको सेयरमा खेलियो यस्तो फोहोरी खेल

सेयर बजार सुन्दर छ तर बेलाबखत यहाँ कारोबार गर्ने खेलाडीले विभिन्न अनैतिक खेल खेल्ने गर्छन। आफ्नो स्वार्थ परिपूर्ति गर्न यहाँ कहिले काहिँ सर्वसाधारणको लगानी रहेका संस्थाका पुँजीलाई गलत प्रयोग पनि गर्छन भन्ने आरोप लाग्ने गरेको छ। 

बिहिबारको दिन त्यस्तै एउटा फोहोरी खेल खेलियो। सो दिनको फ्लोर सिट नियाल्ने हो भने एक कम्पनीको मूल्य खेलाडीले म्याचिङ्ग गर्न जानाजान घटाएको देखिन्छ भने म्याचिङ्ग पश्चात त्यस कम्पनीको मूल्य फेरि आफैले बढाएको देखिन्छ। 

हिमालयन पावर पार्टनर कम्पनीको कारोबारलाई राम्ररी नियाल्ने हो भने यस कम्पनीको कारोबार बिहिबार २८० रुपैयाँमा सुरवात भयो भने २८४ रुपैयाँमा क्लोज भयो। झट्ट हेर्ने हो भने यसको सेयरमूल्य केवल ४ रुपैयाँ मात्र बढेको छ तर दिनभरको यस कम्पनीको कारोबारको फ्लोरसिट नियाल्ने हो भने चलखेलको गन्ध अवश्य भेटिन्छ। 

भएको के हो ?

बिहिबार बिहान सुरुवात देखि नै सनी सेक्युरिटीज (ब्रोकर नम्बर ४२) को  प्लेटफर्म प्रयोग गर्दै हिमालयन पावर पार्टनर कम्पनीको मूल्य साना साना सप्लाई दिएर घटाउन प्रयास गरेको देखिन्छ। हाइड्रोपावर सेक्टर निरन्तर घटेर लगानीकर्ताहरुको गिरेको मनोबलको फाईदा मज्जाले उठाईएको देखिन्छ। ४२ नम्बर ब्रोकरको प्लेटफर्म मार्फत २८५ रुपैयाँ पुगेको सेयरको मुल्य निरन्तर साना साना टुक्राको सप्लाई दिंदै घटाउने रणनीति लिएको प्रष्टै देखिन्छ। जब साना साना कित्ताको सप्लाई दिंदै जब मूल्य  २६९.९० पुग्छ त्यसपछि ठूल्ठूला कित्ताको म्याचिङ्ग सुरु हुन्छ। जब मूल्य अझै झारेर २६४.४० रुपैयाँ पुर्याइन्छ, त्यसपछि ब्रोकर नम्बर ४२ बाट १० हजार कित्ता बेचिन्छ र ४ नम्बरबाट १० हजार कित्ता किनिन्छ। लगतै १० पैसाको फरकमा ४२ ले ५० हजार कित्ता ५ नम्बर ब्रोकरमा म्याचिङ्ग गरेको देखिन्छ। त्यतिमात्र नभई १० हजार कित्ता ४२ कै प्लेटफर्म मार्फत अर्को किनबेच हुन्छ २६४ रुपैया ३० पैसामा। 

कारोबार लगतै मूल्य बढाउन लागियो 

जब यी ठूला ठूला कित्ताको म्याचिङ्ग भयो त्यसपछि सुरुमा मूल्य घटाउन भूमिका खेलेको  ब्रोकर नम्बर ४२ मूल्य बढाउनतिर लाग्यो र अन्त्यमा २८४ रुपैयाँमा क्लोज गराईयो।  

'कुनै एक म्युच्युअल फण्डको सेयर बजारमा चलेको मूल्यभन्दा तल्लो मूल्यमा किन्ने योजना अनुरुप म्याचिङ्ग गरिएको स्रोत बनाउँछ। सो फण्डलाई विशेष कारणवश सेयर बिक्रि गर्नैपर्ने वाध्यता छ। उसले मार्केट प्राईसमा बेचिदिनु भन्ने अर्डर सनी सेक्युरिटिजलाई पठाईसकेपछि हिमालयन पावर पार्टनरको सेयरमूल्य खसालेर तल्लो बिन्दुमा झारेपछि म्याचिङ्ग गराईएको हो।' स्रोतले बतायो।  

'यस्तो त कति हुन्छ, हुन्छ। त्यहि भएर त नेपालका म्युच्युअल फन्डहरु घाटामा जाने गर्छन् नि ! ब्रोकर र म्युच्युअल फन्डको उच्च तहका कर्मचारीहरु मिलेर आफ्नो फाईदाका लागि यस्ता कामहरु गरिरहन्छन। आफ्नो व्यक्तिगत फाईदाका लागि यहाँ जे पनि हुन्छ', स्रोतले थप स्पष्ट पार्यो।  

64bbebbd1e59d.png 64bbebbd223b9.png 64bbebbd3eda1.png 64bbebbd424bc.png 64bbebbd5a119.png 64bbebbd5cb11.png 64bbebbd73943.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको