Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्र ढकालले दिए हिमालयन पावर पार्टनरकाे सञ्चालकबाट राजिनामा

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १२ : ०८ मा प्रकाशित

चन्द्र ढकालले दिए हिमालयन पावर पार्टनरकाे सञ्चालकबाट राजिनामा

चन्द्र ढकालले हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे सञ्चालक पदबाट राजिनामा दिएका छन् ।

कम्पनीकाे हिजाे (असाेज २५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीको सुरुवाती अवस्थादेखि संस्थापक सञ्चालक भै दोर्दी खोला जलविद्युत आयोजनाको स्थापना, निमाण तथा आयोजनाबाट उत्पादित विद्यत नेपाल विद्यत प्राधिकरणलाई बिक्री गर्ने अवस्थासम्म पर्याएका चन्द्रप्रसाद ढकालले दोर्दी खोला जलविद्युत आयोजनाको विद्युतको व्यापारिक उत्पादन नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्न शुरु भैसकेको र आफ्नो व्यक्तिगत अरु कामका कारण समय व्यस्तताले सञ्चालक पदमा निरन्तरता दिन नसक्ने भनी दिएको राजिनामा स्वीकृत गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63465f5a864aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको