Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोले गर्यो लाभांश घोषणा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १० : ४२ मा प्रकाशित

सानिमा माई हाइड्रोले गर्यो लाभांश घोषणा, बुकक्लोज कहिले ?

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको भदाै २४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैगरी, कम्पनीले कार्तिक ११ गते वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

613ae751dd496.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको