Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकाे साधारण सभा सम्पन्न, लाभांशसँगै हकप्रद प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १४ : ३१ मा प्रकाशित

अपि पावरकाे साधारण सभा सम्पन्न, लाभांशसँगै हकप्रद प्रस्ताव पारित

अपि पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा आज (भाद्र २५ गते, शुक्रबार) कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएकाे छ । 

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएकाे छ । 

यसैगरी, सभामा हकप्रद सेयर जारी गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएकाे छ । 

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष सतिष न्याैपानेद्वारा पेश गरिएकाे २०७७/७८ काे वार्षिक प्रतिवेदन पारित गरिएकाे छ ।  

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्नभई सकेको छ । आगामी वर्ष देखि यो आयोजना संचालनामा आउनेछ । हकप्रदबाट संकलित पूँजि यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ । 

यसै आर्थिक वर्षमा कम्पनी चन्द्र निगाहपूरमा ४ मे.वा. क्षमताको ग्रिडमा आवद्धसौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै दल्केबरमा १ मे.वा. क्षमता र सिमरामा १ मे.वा. क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनीलि ६२.५ मे.वा. को कम्पनी हुनेछ । आगामी वर्ष देखि कम्पनीको मुनाफामा उल्लेख्या वृद्धि हुनेछ र कम्पनीले दोहोरो अंकको आर्कषक लाभांश उपलब्ध गराउने समेत जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको