Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकमा डा. सन्दीप कुँवरको फ्री ओपिडी हुने

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १५ : ४० मा प्रकाशित

नर्भिकमा डा. सन्दीप कुँवरको फ्री ओपिडी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत भोलि (शनिबार) पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ । 

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवर ले फ्री ओपिडी सेवा दिने भएका हुन् । 

पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ । 

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि (शनिबार) डा. कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको