Like us!
Follow us!
Connect us!
Watch us!

११ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? कहिलेसम्म सेयर किन्दा पाइन्छ लाभांश

अर्थ संसार

शनिबार, २६ भदौ २०७८, १५ : ५९ मा प्रकाशित

११ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? कहिलेसम्म सेयर किन्दा पाइन्छ लाभांश

गत आर्थिक बर्षको मुनाफाबाट अहिले बिभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् भने कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारसभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् । 

अहिलेसम्म गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट कुल ११ वटा कम्पनीहरुले लाभांश प्रस्वाव गरेकोमा २ वटा कम्पनीको साधारणसभाले लाभांश अनुमोदन गरिसकेकाछन् भने कतिपयले साधारणसभा आह्वान सकेत गरिसकेका छन् । अहिलेसम्म लाभांंश प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्तावित लाभांश यस्तो छः

१.साधना लघुवित्त वित्तीय संस्था

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

२. सानिमा माई हाइड्रो

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, कम्पनीले कार्तिक ११ गते वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 


३. स्वरोजगार लघुवित्त

कम्पनीको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुनाले बोनसमा कर लाग्दैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

४. युनिलिभर नेपाल

कम्पनीको समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको हो ।कम्पनीले प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश सेयरधनीहरुलाई वितरण गरिसक्ने जनाएको छ ।

५. फर्स्ट माइक्रोफाइनान्स 

कम्पनीको भदौ १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

६. डिप्रोक्स लघुवित्त

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

७. अरुण काबेली

संचालक समितीको बैंठकले गत आर्थिक बर्षको मूनाफाबाट आफ्नम सेयरधनीहरुलाई १७ प्रतिशत बोनश सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको भदौ २६ गते हुने बार्षिक साधारणसभाले लाभांश पारित गर्नेछ । 

८. रुरु जलविद्युत

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी,  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

९. ङादी ग्रुप

कम्पनीको साउन ३१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण्मसभा प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । अर्थात भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्र साधारणसभामा सहभागी हुन सक्नेछन् । 

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आठौँ वार्षिक साधारण सभा असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।

१०. सिनर्जी पावर

कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् ।

कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भदौ १८ गते, शुक्रबार सम्पन्न भइसकेको छ । सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा  क्यापिटल  लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

११. अपि पावर कम्पनी

कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशतनगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांशको प्रस्ताव गरेको थियो । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते, शुक्रबार देखि बुकक्लोज गरेकाले भदौ १७ गते, बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् । कम्पनीको भदौ २५ गते सम्पन्न साधारण सभाले लाभाश पारित समेत गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको