Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफको "युवा सँग-महालक्ष्मी लाईफ" अभियान

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, १३ : ०६ मा प्रकाशित

महालक्ष्मी लाईफको "युवा सँग-महालक्ष्मी लाईफ" अभियान

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले "युवा सँग महालक्ष्मी लाईफ" सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम आश्विन महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो। दुई वर्षे यस अभियानमा आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटा जिल्ला र आर्थिक वर्ष २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।" काम गरी आय आर्जन गर – बीमा गरी सुरक्षित बन"  भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन् ।

यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको