Like us!
Follow us!
Connect us!
Watch us!

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, ०८ : १७ मा प्रकाशित

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । 

गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ । 

पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ । राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् । 

दातृ राष्ट्रहरुको सम्मेलनमा महासचिव गुटरेस, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुख पिटर माउरेर र एक दर्जनभन्दा बढी देशका सरकारका प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनमा जर्मन विदेशमन्त्री हेइको मास पनि उपस्थित हुनेछन् । 

राष्ट्रसंघले दातृ राष्ट्रबाट जुटाउने रकममध्ये एक तिहाई रकम विश्व खाद्य कार्यक्रमले प्रयोग गर्नेछ । एक सर्बेक्षणअनुसार ९३ प्रतिशत अफगानी पर्याप्त खानाबाट बञ्चित छन् । ऐजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको