Like us!
Follow us!
Connect us!
Watch us!

अफगानिस्तानका विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, ११ : ३२ मा प्रकाशित

अफगानिस्तानका विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । 

छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन हुनेमा धेरैले आशंका गरेका छन् । महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयासस्वरुप तालिवानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाई छ ।
तर, शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् । अभाव देखिएमा पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाई छ ।

यसैबीच, तालिवानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीति अनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्रछात्राको अलग पोसाक हुनेछ । 

यसअघि तालिवानले आफ्नो पहिलो शासनकालमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको