Like us!
Follow us!
Connect us!
Watch us!

दशैंका लागि असोज ४ गतेदेखि नयाँनोट वितरण गर्ने राष्ट्र बैंकको तयारी

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, ०८ : ०४ मा प्रकाशित

दशैंका लागि असोज ४ गतेदेखि नयाँनोट वितरण गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले यो वर्षको बडादशैंका लागि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट असोज चार गतेदेखि नयाँनोट वितरण गर्ने भएको छ । 

कोरोना महामारीका कारण गत वर्ष राष्ट्र बैंकले नयाँनोट वितरण गरेको थिएन । यो वर्ष क, ख तथा ग वर्गका बैंक तथा वित्त कम्पनीहरुले नयाँ नोट लगिसकेका छन् । 

राष्ट्र बैंकका अनुसार यो वर्ष पाँच, १०, २०, ५० र १०० रुपियाँका एक÷एक बन्डल नोटको जोड कुल १८ हजार ५०० रुपैयाँ बराबरको नयाँनोट वितरण हुनेछ । कोभिड स्वास्थ्य मापदण्ड अपनाएर नयाँनोट वितरण गर्न राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको