Like us!
Follow us!
Connect us!
Watch us!

पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री शर्मा

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १३ : ५४ मा प्रकाशित

पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री शर्मा

सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । 

एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे थियाे ।

मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताए ।

एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको