Like us!
Follow us!
Connect us!
Watch us!

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन : मोबाइल र इन्टरनेट बैंकिङमा कारोबार सीमा बढ्यो

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १७ : ०६ मा प्रकाशित

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन : मोबाइल र इन्टरनेट बैंकिङमा कारोबार सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८' जारी गरेको छ । 

निर्देशनमार्फत् बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । जस अनुसार मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । यसअघि मोबाइल बैंकिङमार्फत एक दिनमा १ लाख रुपैयाँ मात्र कारोबार गर्न सकिने व्यवस्था थियो ।

यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार गर्नेहरूको हकमा पनि कारोबार सीमा बढेको छ । अब बैंकबाट वालेटमा प्रति–कारोबार ५० हजार, प्रति–दिन एक लाख र प्रति–महिना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ । त्यस्तै, एक वालेटबाट अर्को वालेटमा प्रति–कारोबार २५ हजार, प्रति–दिन एक लाख र प्रति–महिना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।   

मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८ हेर्न यहाँ थिच्नुहाेस् 

6140896d084be.jpg 6140897609db1.jpg 6140898097a5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको