Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर र  टेरा पेमेन्टबीच रेमिटान्स सम्झौता

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १७ : ४३ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफर र  टेरा पेमेन्टबीच रेमिटान्स सम्झौता

युराेपको ख्यातिप्राप्त टेरा पेमेन्ट सर्भिस  र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेका तर्फबाट सह संस्थापक अनि सानेले हस्ताक्षर गरेका छन् ।

याे सँगै अब युराेपमा रहने नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युराेप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको