Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको ६६ लाख लाभांश भुक्तानी हुन बाँकी, ३० दिन भित्र नलिए लगानी संरक्षण कोषमा जाने

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, ०८ : २१ मा प्रकाशित

युनिलिभर नेपालको ६६ लाख लाभांश भुक्तानी हुन बाँकी, ३० दिन भित्र नलिए लगानी संरक्षण कोषमा जाने

युनिलिभर नेपाल लिमिटेडको पुराना दुई आर्थिक वर्षको भुक्तानी हुन बाँकी ६६ लाख ३८ हजार ९८० रूपैयाँ बराबरको लाभांश लिन सेयरधनीहरुलाई अनुरोध गरेको छ । 

आर्थिक वर्ष ०६९र७० को कुल लाभांशमध्ये १८ लाख ९८ हजार ८६० रूपैयाँ र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांश मध्य ४७ लाख ४० हजार १२० रूपैयाँ वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । 

पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

कम्पनीले बुधवार सूचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो । सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

यस्ताे छ कम्पनीले जारी गरेकाे सूचनाः

61415c96d1a18.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको