Like us!
Follow us!
Connect us!
Watch us!

सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, ०८ : २७ मा प्रकाशित

सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो । 

बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो । बरदार र शरर्णाी मामिलासम्बन्धी मन्त्री खलिल युर रहमान हक्कानीबीच भनाभन भएको थियो । नेताहरुबीच बिबाद बढेपछि उनीहरुका कार्यकर्ताले हात हालाहाल गरेका थिए ।

सरकार गठनलाई लिएर बिबाद सृजना भएको कतारस्थित तालिवानको कार्यलयका एक नेताले समेत पुष्टि गरेका छन् । अन्तरिम सरकार गठनप्रति उपप्रधानमन्त्री बरदार असन्तुष्ट छन् । 

किन भयो विवाद ?
अफगानिस्तान विजयको जस कसले लिने भन्ने बारेमा तालिवानमा बिबाद सुरु भएको थियो ।

आफूहरुको कूटनीतिक प्रयासबाट काबुल कब्जा गर्न सफल भएको बरदारले बताएका थिए भने हक्कानी समूहका नेता र उनका समर्थकहरूले लडाइँबाट नै यस्तो सम्भव भएको बताएका थिए । 
अमेरिकी राष्ट्रपतिसँग सोझै टेलिफोन संवाद गर्ने वरदार पहिलो अफगानी नेता हुन् । 

त्यसअघि अफगानिस्तानबाट अमेरिकी सेना फर्किनेसम्बन्धी दोहा सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए । गत महिना काबुल नियन्त्रण गरेको तालिवानले अफगानिस्तानलाई इस्लामिक इमरेट्स घोषणा गरिसकेका छन् । 

नयाँ सरकारमा महिलालाई समावेश गरिएको छैन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको