Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाईनान्सले थप्याे ३ वटा नयाँ शाखा

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, १३ : ०६ मा प्रकाशित

मञ्जुश्री फाईनान्सले थप्याे ३ वटा नयाँ शाखा

मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्साबजार शाखाको कारोबार शुभारम्भ गरेको छ । कम्पनीकाे सञ्चालक समितिकाे अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समितिका सदस्यहरुले  शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौँको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए । अब थप ३ सहित कम्पनीकाे शाखा संख्या १८ रहनेछ  । 

२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख रूपैयाँ चुक्ता पुँजी एवं ५० करोड रूपैयाँ डिबेञ्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८ अर्ब ९१ कराेड निक्षेप संकलन गरी ७ अर्ब ९५ अर्ब कर्जा परिचालन गरेको छ  । 

यसका साथै, यस फाईनान्सले विप्रेषण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र ATM सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको