Like us!
Follow us!
Connect us!
Watch us!

पाठेघरको समस्या भएकाले नर्भिकमा फ्री ओपिडी लिन पाउने

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, १३ : १८ मा प्रकाशित

पाठेघरको समस्या भएकाले नर्भिकमा फ्री ओपिडी लिन पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा सञ्चालन हुने भएको छ । 

आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् । डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्नेछन् । निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । 

नर्भिकले विगत केही साता अघिदेखि आफ्नो सीएसआर अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको