अर्थ संसार,सिन्धुली-रोजगार कोष÷हेल्भेटास स्वीस इन्टर कोअपरेसन नेपालले सिन्धुलीका साविक ३२ गाविसमा १ हजार ८ सय ५० जनालाई ५० दिने डकर्मी तालिम दिने भएको छ ।
यस्तै ३ सय २० जनालाई ७ दिने सिकर्मी तालिम सञ्चालन गर्ने परियोजनाले जनाएको छ । हालसम्म ६ सय ९० जना युवाले डकर्मी तथा ३०जनााले सिकर्मी तालिम प्राप्त गरिसकेका छन् । तालिम अवधीमा १३८ वटा घर निर्माण भएका छन् । तालिमको अन्त्य सम्ममा यस जिल्लामा ३७० घर निर्माण हुने जनाइएको छ ।
परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको भूकम्प प्रतिरोधी प्रविधिसहितको डकर्मी तथा सिकर्मी तालिमका लागि परिमार्जित पाठ्यक्रममा आधारित रही निजि क्षेत्रका तालिम तथा रोजगार प्रदायक संस्थामार्फत तालिम प्रदान गर्दछ ।
परियोजनाले भूकम्पबाट अति प्रभावित विपन्न तथा गैरलाभान्वित समुदायका घरधुरीका १६ देखि ४० वर्षसम्मका महिला तथा पुरुषलाई भूकम्प प्रतिरोधी प्रविधिसहितको पुनर्निर्माणसँग सम्बन्धित निःशुल्क तालिम दिइरहेको छ ।
साथै स्थलगत तालिम पद्धति अवलम्बन गरेको हुदाँ ५० दिनको तालिम अवधिमा १० जना प्रशिक्षार्थीको समुहले शहरी विकास तथा भवन निर्माण विभागको डिजाइन अनुसार २ वटा वास्तवीक भुकम्प प्रतिरोधी घर निर्माण गर्दछन् । यसका लागि तालिममा संलग्न हुने प्रशिक्षकलाई तालीमपूर्व भूकम्प प्रतिरोधात्मक प्रविधियुक्त सीपको प्रशिक्षक प्रशिक्षण तालिम अनिवार्य रुपमा दिइन्छ ।
विसं २०७२ बैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पहरूबाट अतिप्रभावित १४ जिल्लामध्येका धादिङ्ग, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गाबाट स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा पुनर्निर्माण परियोजनाको शुरूवात भएको थियो ।
उक्तकार्यक्रमअन्तर्गत २ हजार ९ सय ८१ युवालाई भूकम्प प्रतिरोधी पुनर्निर्माणसम्बन्धी सीप प्रदान गरी तालिम अवधिमा ३९१वटा घर र तालिमपश्चात ६८८ वटा घर गरी जम्मा १ हजार ७९ वटा घर निर्माण सम्पन्न भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस