Like us!
Follow us!
Connect us!
Watch us!

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, ०८ : २६ मा प्रकाशित

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

बिहीबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 
शुक्रबार लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। शनिबार पनि मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको