Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसीएलको अवितरित हकप्रद असोज ७ गतेबाट लिलामीमा आउँदै, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, ०८ : ३७ मा प्रकाशित

एचआईडिसीएलको अवितरित हकप्रद असोज ७ गतेबाट लिलामीमा आउँदै, कहाँबाट दिने आवेदन ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, (एचआईडिसीएल) ले हकप्रदमा अवितरित संस्थापक सेयर र साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ।  

कम्पनीले संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढमा राखेको हो । इच्छुक आवेदकले असोज ७ गतेदेखि २०७८, असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले इच्छुक आवेदकले असोज ७ गतेदेखि २०७८, असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीले साउन ५ गतेबाट १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अर्थात कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले १०० कित्ता बराबर नै हकप्रदमा आवेदन दिन पाएका थिए ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

6142b4e6b1de1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको