Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा पूरै खुल्यो लकडाउन, राति १:३० बजेसम्म क्लब खुल्ने

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, १० : २१ मा प्रकाशित

पोखरामा पूरै खुल्यो लकडाउन, राति १:३० बजेसम्म क्लब खुल्ने

१ असोजदेखि कास्कीभर लकडाउन पूर्ण रूपमा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबै क्षेत्र अब खुला हुनेछन् ।

दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू भौतिक उपस्थितिमा संचालन गर्न सकिने निर्णय गरिएको छ । अब होटल तथा रेस्टुरेन्टहरू राती ११.३० बजेसम्म खोल्न पाइनेछ भने नाचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरू राती १.३० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

पोखरा महानगरले पनि १ गतेदेखि नै नगरभित्रका सबै स्कुल भौतिक उपस्थितिमा खुला गर्न सूचना जारी गरेको छ । नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सम्पूर्ण विद्यालय, पूर्वप्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको हो । भौतिक रूपमा खुलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न र विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुरूप संचालन गर्न पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको