Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, १२ : ०२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार “ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७” को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते, आइतबारबाट चैत्र १६ गते, साेमबारसम्म ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियाे ।

बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे ।

6142e33b4b771.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको