Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : उपत्यकासहित पूर्वी नेपालमा वर्षाको सम्भावना

अर्थ संसार

शनिबार, ०२ असोज २०७८, ०८ : २० मा प्रकाशित

आजको मौसम : उपत्यकासहित पूर्वी नेपालमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ ।

नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको