Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको आइतबार हुने साधारणसभा रोक्न सेयरधनीको प्रशासनमा निवेदन, अब के हुन्छ ?

अर्थ संसार

शनिबार, ०२ असोज २०७८, २० : ५२ मा प्रकाशित

ङादी ग्रुप पावरको आइतबार हुने साधारणसभा रोक्न सेयरधनीको प्रशासनमा निवेदन, अब के हुन्छ ?

ङादी ग्रुप पावर लिमिटेडका सेयरधनी हरिभक्त लामिछानेले कम्पनीकाे साधारण सभा स्थगित गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

मुलुक कोभिड १९ को माहामारीबाट आकान्त बनिरहेकाे अवस्थामा कम्पनीले असाेज ३ गते, क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा सेयरधनीहरूकाे भाैतिक उपस्थितिमा साधारण सभा गर्न लागेकाे हुनाले सभा स्थगित गर्न आग्रह गरिएकाे निवेदनमा उल्लेख छ ।

निवेदनमा भनिएकाे छ, "मुलुक कोभिड १९ को माहामारीबाट आकान्त छ । संक्रमण विस्तार रोक्न नेपाल सरकारले लामो समय लकडाउन गरेको थियो । अहिले लकडाउन केही खुकुलो बनाए पनि सकमण रोकिएको छैन । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले असाेज १ गतेदेखि अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जलुस गर्ने, जात्रा, महोत्सव भोज नगर्ने, नगराउने आदेश जारी गरेको अवस्था छ ।

यसैबीच ङादी ग्रुप पावर लिमिटेडले असाेज ३ गते क्विन्स क्याफे, अनामनगर काठमाडाैँमा सेयरधनीको भौतिक उपस्थितिमा साधारणसभा गर्ने तय गरेको छ । उक्त हाइड्रोपावर कम्पनीका हजाराैँ सेयरधनी छन् । ती सेयरधनी भौतिक रुपमा उपस्थिति भएर साधारण सभा गर्दा कोभिड १९ को संकमण विस्तार हुने सम्भावना रहन्छ । हामी सेयरधनीहरुले प्रत्यक्ष रुपमा कम्पनीका सञ्चालकहरुलाई भेटेर उक्त साधारण सभा रोक्न आदेश गर्दा पनि सञ्चालकहरुले अटेर गरेकाले प्रशासन कार्यालयलाई महान बाध्य भएका छौं ।"

निवेदन हेर्नुहाेस् :

सेयर बजारका पायनियर Niranjan Kumar Tibrewala को गज्जबको लगानी टिप्स

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको