Like us!
Follow us!
Connect us!
Watch us!

थारू समुदायले संविधान दिवसलाई कालाे दिनका रुपमा मनाउने

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, ११ : १५ मा प्रकाशित

थारू समुदायले संविधान दिवसलाई कालाे दिनका रुपमा मनाउने

देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् । 

संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाउएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।

‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएका छौँ,’ उनले भने, ‘यस पटक पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताए । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।

थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको थारूले बताए । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएकोछ । 

प्रदेश सरकारले दिप प्रज्वलन गर्ने

सातौँ सविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भिडभाडका कार्यक्रम केही नगर्ने निर्णय गरेकोछ । प्रदेश सरकारले ३ दिनसम्म दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने निर्णय गरेकोछ ।

कोरोना संक्रमणका कारण भिडभाड हुनेगरी सभा सम्मेलन नगर्ने प्रदेश सरकारले निर्णय गरेकोछ । प्रदेशका सबै सरकारी कार्यालय, मन्त्रालयमा २,३ र ४ गते दिप प्रज्वलन गरी ७ ‌औं संविधान दिवस मनाउन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको