Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनए विवाद : निवेदनकर्ता भन्छन्- धाँधलीको सुनुवाइ नभएपछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्यौं

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १४ : ४७ मा प्रकाशित

एनआरएनए विवाद : निवेदनकर्ता भन्छन्- धाँधलीको सुनुवाइ नभएपछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्यौं

गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरूले बताएका छन् । आईसीसीले गरेका विभिन्न १९ वटा कमजोरी सुधार्न परराष्ट्र मन्त्रालयबाट तत्काल आवश्यक कदम चाल्न निवेदनकर्ताहरूले मागसमेत गरेका छन् ।

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनमा आबद्ध ६४ देशको आबद्धता र प्रतिनिधि छान्ने विषयमा गम्भीर समस्या भएको उनीहरूले बताए । परराष्ट्र मन्त्रालयमा निवेदन दिएका एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल, मानार्थ सदस्य नवराज ओली (कतार) र आइसीसी पूर्वसचिव जानकी गुरुङले पत्रकार सम्मेलन गरी समयमै चुनाव हुनुपर्नेमा जोड दिए ।

निवेदकहरूले विधानविपरीत सार्वजनिक गरिएको नामावली नसच्चिएसम्म आगामी २३-२५ अक्टोबरका लागि तोकिएको महाधिवेशनसम्बन्धी कामकारबाही रोक्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् र सचिवालयको नाममा निर्देशन जारी गर्न परराष्ट्रसमक्ष मागसमेत गरेका छन् ।

आफूहरूले परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीति गरेको आरोप लगाएर विषयलाई मोड्न खोजिएको उनीहरूको भनाइ छ । संघको मनोमानी तोड्नकै लागि आफूहरू पररास्ट्र मन्त्रालय पुगेको उनीहरूले बताए । 

विभिन्न देशका एनसीसीहरूले विधानसम्मत रूपमा चयन गरी पठाएको डेलिगेट्सहरूको नामावली महासचिव र सचिवले आफूखुसी हेरफेर गरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य राखेको जानकी गुरुङले बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको