Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूव आयलको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेप्से

मंगलबार, ०५ असोज २०७८, १० : ४५ मा प्रकाशित

नेपाल ल्यूव आयलको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूव आयल लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे ३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४३ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारकाे अन्तिम कारोबार मूल्य ३ सय १६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । नेप्सेले प्रकाशन गरेकाे सूचनामा भने ३० प्रतिशतकाे ठाउँमा १० प्रतिशत लेखिएकाे छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।कम्पनीले असोज १८ गते कम्पनीकाे कार्यालय झम्सिखेल, ललितपुरमा वार्षिक साधारण सभा गर्दैछ ।

61496860ef0b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको