Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब आयलको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

विहीबार, १३ असोज २०७९, १६ : ३० मा प्रकाशित

नेपाल ल्युब आयलको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २७ रूपैयाँ ३६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य २ सय ८४ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीकाे वार्षिक साधारण सभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । 

 

633578c83397e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको