Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीले बोलेर सेयर बढ्ने-घट्ने हैन, आम लगानीकर्ताको हितमा काम गर्न प्रतिबद्ध छौँः अर्थमन्त्री शर्मा

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, ०६ : ३६ मा प्रकाशित

मन्त्रीले बोलेर सेयर बढ्ने-घट्ने हैन, आम लगानीकर्ताको हितमा काम गर्न प्रतिबद्ध छौँः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीले बालेकै कारणले सेयर बजार घटबढ नहुने बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सरकारलाई बुझाएको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शमौले यसो बताएका हुन् । 

छानबिन समितीको प्रतिवेदन अध्यन गरी सरकारले आवश्यक निर्णय गर्ने छ अर्थमन्त्री शर्माले भने । उनले अहिले सेयर कारोबारमा धेरै ठुला संख्यामा लगानीकर्ताहरुको संलग्नता रहेको भन्दै आम लगानीकर्ताहरुको हक,हित र सुरक्षा र उनिहरुको हितमा काम गर्नु सरकारको दायित्व रहेको बताए । 

उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखेका छन् ।

मन्त्रिपरिषदको बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र  नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका थिए ।  

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको