Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा छन्, संकटमा छ भनेर गलत प्रचार नगरौंः अर्थमन्त्री

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, ०६ : ५३ मा प्रकाशित

अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा छन्, संकटमा छ भनेर गलत प्रचार नगरौंः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै उनले अहिलेको अवस्थालाई संकट नभन्न विज्ञ तथा सरोकारवालालाई आग्रह गरेका हुन् ।

केन्द्रीय बैंकले असोजमा प्रकाशित गरेको तथ्यांकमा देशको वर्तमान आर्थिक अवस्थामा समेत अर्थतन्त्र सुधारउन्मुख भएको देखिएको छ । तैपनि केही व्यक्ति तथा आर्थिक क्षेत्रका विज्ञहरु अर्थतन्त्र संकटतर्फ धकेलिएको बताउँदै हिडेकोमा अर्थमन्त्री शर्मा असन्तुष्ट बनेका हुन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा शर्माले भने, ‘अर्थतन्त्रले संकटभन्दा पनि विभिन्न चाप र चुनौतीको सामना गरिहेकाले अहिले समाधानका उपायतर्फ सोचौं र छलफल गरौं, अहिलेको अवस्था जे हो, त्यही भनौं, गलत प्रचारप्रसार नगरौं ।’ अहिले राजस्व संकलन घटेको र उपभोग पनि घटेको अवस्था रहेको भन्दै उनले अब विकास निर्माणलाई तिब्रता दिएसँगै माग बढ्ने बताए ।

सो अवसरमा उनले मुलुकको अर्थतन्त्र तथा रोजगारीमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई कम आक्न नहुने भन्दै माग तथा समस्याहरू सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरे । ‘परम्परागत शैलीमा मुलुकको अर्थतन्त्र अघि बढेको छ,’ शर्माले भने, ‘अब नयाँ आयामहरू खोजौं, जस्तो पानी, विद्युत, सूचना प्रविधि र भएका आर्थिक क्षेत्रमा नविनतम प्रविधिको प्रयाग गरौं ।’ यस्तै, नेपालको आफ्नै क्षमता, वितरण प्रणाली, संरचनामा संकट भएको पनि उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको