Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाड्न जनार्दन शर्माको सुझाव

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १५ : ०६ मा प्रकाशित

‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाड्न जनार्दन शर्माको सुझाव

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन्।

स्थायी कमिटीको जारी बैठकमा उनले पेस गरेको लिखित प्रस्तावमा ‘प्रचण्ड’लाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् । २०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका ‘प्रचण्ड’लाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेस भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।

शर्माले ‘प्रचण्ड’माथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

‘मार्क्स एंगेल्स, लेनिनका पनि कमीकमजोरी नभएका होइनन्। स्टालिनको त ३० प्रतिशत कमजोरी भनेर माओले भन्नुभएको थियो। माओको पनि पार्टी निर्माण, विकास र समृद्धिको बाटो तय गर्ने सन्दर्भमा कमी कमजोरी नै देखिएका थिए। हाम्रो पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष सञ्चालन गर्ने सन्दर्भमा एकथरिले अन्धसमर्थन गर्ने र अर्कोथरिले वर्गसंघर्षकै रूपमा बुझ्ने प्रवृत्ति हावी छ,’ उनले १४ पृष्ठको धारणा अघि सार्दै भनेका छन्, ‘यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रूपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी छ।’

शर्माले नेतृत्व पुस्तान्तरणको विकल्पमा जान पनि सुझाएका छन्। अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न सक्ने उनको सुझाव छ।

‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्याङ्कन, स्कुलिङ प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने वा, हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइ महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने,’ उनको सुझाव छ।

66b88396629f5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको