Like us!
Follow us!
Connect us!
Watch us!

‘व्यवसायीको काम आन्दोलन हैन व्यवसाय गर्ने हो, अर्थतन्त्र सङ्कटमा छ भन्ने अभिव्यक्ति नदिनुस्’

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, ०६ : ०० मा प्रकाशित

‘व्यवसायीको काम आन्दोलन हैन व्यवसाय गर्ने हो, अर्थतन्त्र सङ्कटमा छ भन्ने अभिव्यक्ति नदिनुस्’

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्। 

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए । 

उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैङ्क, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । 

उनले मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीले सडक रोज्नु नहुने भन्दै सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताए । 

उनले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताए। 

मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीको काम नभएको बताए। उनले बैङ्कको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए । उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको समते बताए।  उनले व्यवसायीले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र सङ्कटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको