Like us!
Follow us!
Connect us!
Watch us!

वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन : जनार्दन शर्मा

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १३ : ४३ मा प्रकाशित

वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको बताएका छन् ।

प्रतिनिधिसभा  बैठकलाई बुधबार सम्बोधन गर्दै शर्माले भने, 'वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन। बरु समाजमा बाँकी राजतन्त्रात्मक सोच शैली प्रवृत्ति व्यवहार भने अन्त गर्नै पर्दछ । आफैँभित्रको राजतन्त्र अन्त गर्न लाग्नु आजको मुख्य काम हो। राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशङ्कित हुन जरुरी छैन, होहल्ला गर्न जरुरी छैन।'

लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र वा उन्नत लोकतन्त्र मात्र भएको भन्दै उनले  लोकतन्त्रको विकल्प निरङ्कुशतन्त्र तानाशाहीतन्त्र कदापि हुन नसक्ने जिकिर गरे । 

आज देशमा केही पनि भएन र देशमा केही पनि हुँदैन भन्ने जो भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति समेत जनाए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको