नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले अध्यादेश ल्याउन पाउने भए पनि त्यसको विषयमा छलफल गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यादेशपछि जनतामा आतंक मच्याइएको दाबी गरेका हुन्।
उनले भने, ‘अध्यादेश ल्याउन हुँदैन भन्ने होइन, ल्याउन मिल्छ तर त्यसभित्र केके आयो भन्ने प्रश्न छ। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतालाई आतंक छ। सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने छ, ल्याउन नपाइने होइन तर, सत्तापक्षलाई भन्छु, मिठो कुरा पनि हतारामा खान खोजियो भने घाँटीमा अड्कियो भने त्यसको अर्थ हुँदैन। आज अध्यादेश कहाँ अड्किएको छ ? अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ। त्यसलाई निकाल्नुपर्यो। हाम्रा कुराहरू छँदैछन्। यहाँ छलफल गरौँला नि। राम्रोलाई राम्रो भनौँला नि नराम्रोलाई नराम्रो भनौंला।’
उनले सदनमा जनताको एजेण्डा उठ्नुको सट्टा सरकार बच्यो बच्यो र ढल्यो, ढल्यो भन्ने कुरामा केन्द्रित भएको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस