Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको विभिन्न तालिम सम्पन्न

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १३ : १६ मा प्रकाशित

अजोड इन्स्योरेन्सको विभिन्न तालिम सम्पन्न

अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडले विभिन्न तालिमहरू सम्पन्न गरेकाे छ । 

कम्पनीले भदाै २० र २१ गते यस प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई In-house marketing training काठमाडौंमा सम्पन्न गरेकाे छ । उक्त तालिममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो । 

त्यस्तै, भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको थियो ।  सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न Portfolio को बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

अजोड इन्स्योरेन्स लिमिटेडको भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गरेका थिए । उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाेधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेका थिए । 

अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौँडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

त्यसैगरी, अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रकाश पारेका थिए । 

अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी  बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको