Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको सेयर र नुन उस्तै-उस्तै : सप्लाई धेरै, मूल्य कम !

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, ११ : ३६ मा प्रकाशित

नेपालको सेयर बजारलाई लामो समय देखि अध्ययन एंव विश्लेषण गर्दै आइरहेका डा. प्रदिप मैनालीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका हुन् । अहिलेको अवस्थामा नेपालको सेयर बजारमा वाणिज्य बैंकहरुको सेयर भनेको नुन जस्तै भएको बताउँछन् मैनाली ।

नुन मानिसका लागि नभइ नहुने कुरा हो तर सस्तो पनि छ यो सस्तो हुनुको मुख्य कारण भनेको नै यसको उपलब्धता धेरै हुनु हो त्यसैगरी नेपालको सेयर बजारमा पनि बैंकहरुको सेयरको सप्लाई धेरै भएका कारण पनि मूल्य बढ्न नसकेको तर्क गर्छन् उनी । 

सेयर बजारमा आउने बुल र बियरीस साइकललाई सबैभन्दा बढी प्रभाव पार्ने तत्व भनेको नै लगानीकर्ताहरुको मनोविज्ञान रहेको तर्क उनको छ । "जतिबेला लगानीकर्ताहरुको मनोबल उच्च हुन्छ त्यो बेला बजार बढ्छ र मनोबल गिरेको बेला बजार पनि घट्छ यसका साथै तरलता र ब्याजदरले पनि सेयर बजारको साइकल परिवर्तनमा केहि भुमिका भने खेली नै रहको हुन्छ", उनले भने । 

नेपालको पुँजी बजारमा ७० प्रतिशत भन्दा बढि हिस्सा ओगटेको बाणिज्य बैंकहरुमा बुल नआउँदा सम्म त्यो बुललाई वास्तविक बुल मान्न नसकिने उनको तर्क छ । “अब यदी दुई वर्षभित्रमा अहिले कायम वाणिज्य बैंकहरुको सेयर मूल्य कम्तिमा पनि दुई गुणा भएन भने नेपालमा बुल र बियरको साइकल नै तोडिन्छ र बजार भारत, अमेरिका जस्तै अवस्थामा चल्छ बजार कहिले ४–५ सय अंकले बढ्छ कहिले त्यति नै अंकले बढ्छ यस्तै प्रक्रियामा चलिरहन्छ बुल र बियर साइकल भन्ने नै हुँदैन” मैनालीले भने । 

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको क्यापले श्रिमान् श्रिमतीकाबीचमा डिभोर्स कै अवस्था सिर्जना गर्नसक्ने उनको तर्क छ । “विगतमा जसरी जग्गामा व्यक्तिको स्वामित्वको सिमा तोकिदिँदा श्रिमान् श्रिमतीकाबीचमा डिभोर्स गर्ने प्रचलन चलेको थियो त्यो अवस्था फेरि पनि दोहोरीने देखियो राष्ट्र बैंकको एकाघर नितिले दाजुले सेयर कर्जा लिएमा भाइले लिन नपाउने व्यवस्थाले पनि भाईको सम्पत्ती कमाउन नपाउने अधिकारलाई कुन्ठित पारेको जस्तो लाग्छ मलाई” उनले भने ।

हकप्रद कम्पनीले लगानीकर्ताहरुलाई दिने नभई लगानीकर्ताहरुबाट माग्ने भएको तर्क उनको छ । “हकप्रदले केहि हदसम्म कम्पनीको पुँजी वृद्धिले कम्पनीको मुनाफामा वृद्धि त होला तर पहिले जुन अनुपातमा लाभांश वितरण गर्न सकेको थियो त्यही अनुपातमा हकप्रद जारी गरिसकेपछि पनि लाभांश दिन सक्छ त ? हामीले विगतमा हकप्रद जारी गरेका कम्पनीहरुको लाभांश इतिहासलाई केलाएर हेर्याैँ भने पनि त्यो कुरा प्रष्ट नै हुन्छ । पुँजीगत लाभकर लिनेहरुले हकप्रदका कारण राम्रो आम्दानी त गर्न सक्लान् तर दिर्घकालिन रुपमा भने यो त्यति राम्रो हुन्छ जस्तो मलाई लाग्दैन”, उनले भने ।

विश्लेषक डा. मैनालीसँग अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँग गरिएको कुराकानीः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको