Like us!
Follow us!
Connect us!
Watch us!

पार्टीले निर्णय गरे चितवनमा प्रचण्डसँग निर्वाचन लड्छु : बादल

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १३ : २४ मा प्रकाशित

पार्टीले निर्णय गरे चितवनमा प्रचण्डसँग निर्वाचन लड्छु : बादल

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टीले निर्णय गरेमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । 

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डसँग आफू निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । तर, यसबारे पार्टीले निर्णय गरिनसकेको उनको भनाइ छ । 

यदि पार्टीले निर्णय गरेमा आगामी चुनावमा बादल भर्सेस प्रचण्ड हुने उनले बताए । 

बादल पूर्वमाओवादीका नेता हुन् । बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन् । तर, साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग निर्वाचन लड्ने घाेषणा गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको