Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन अझै बाहिरिएन, आज कहाँ-कहाँ पर्छ पानी ?

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १० : २० मा प्रकाशित

मनसुन अझै बाहिरिएन, आज कहाँ-कहाँ पर्छ पानी ?

मनसुन निस्क्रिय भए पनि अझै बाहिरिएको छैन । उत्तरार्धमा मनसुन कायमै हुँदा मुलुकमा हल्का वर्षा हुने गरेको छ ।

यो पटक संशोधित तालिका अनुसार मनसुन बाहिरिन अझै ६ दिन रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने भएकाले मनसुन बाहिरिनेबारे अझै प्रष्ट आँकलन भइसकेको छैन ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मंगलबार प्रदेश १ र २ का एक÷दुई स्थान र बाँकी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको