Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेको दशैँ अफर : हवाई टिकट खरिदमा ५०% क्यास ब्याक

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १७ : ३६ मा प्रकाशित

आइएमई पेको दशैँ अफर : हवाई टिकट खरिदमा ५०% क्यास ब्याक

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित 'आइएमई पे' को दशैँको झट्का स्कीम सार्वजनिक गरिएको छ ।

याे अफर असोज ११ गतेदेखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा २ हजार रूपैयाँसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले  हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासँगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् । 

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैँ यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन् । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यमबाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यास ब्याक प्राप्त गर्नेछन् । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको